पोखरा हेमजाको विष्णुपादुका क्लबले तीजे कार्यक्रम गर्दै

क्लवले हरीतालिकाको दिन भदौ १६ गते तीज गीत प्रतियोगिता गर्ने निर्णय गरेको हो

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । हेमजास्थित विष्णुपादुका क्लवले हरितालिका तीजको अवसरमा विभिन्न प्रतियोगिता गर्ने भएको छ ।

क्लवले तीजको अवसरमा तेस्रो बिष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता तथा हरीतालिका तीज गीत प्रतियोगिता गर्ने भएको हो ।

शनिवार बसेको क्लव प्रतिनिधि साथै सरोकारवालाको एक भेलाले उक्त निर्णय गरेको हो । क्लवले हरीतालिकाको दिन भदौ १६ गते तीज गीत प्रतियोगिता  गर्ने निर्णय गरेको हो ।

जसअनुसार फुटबल प्रतियोगिता सम्पन्न गर्न रमेश थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । जसको कोषाध्यक्षमा हरीकृष्ण थापा, सचिवमा मनोज कार्की, स्वागत सत्कार उपसमिति संयोजकमा शान्ता केसी तथा सदस्यहरुमा विष्णु थापा र सरस्वती थापा, सुरक्षा उपसमिति संयोजकमा राजेन्द्र थापा छन् ।

त्यस्तै, सोही भेलाले स्वयंसेवक परिचालन उपसमिति संयोजकमा अभिषेक कार्की, प्रचारप्रसार उपसमिति संयोजकमा श्रीभद्र पौडेल, सह–संयोजकमा विराज शर्मा तथा प्राथमिक उपचारको सम्पूर्ण जिम्मा हेमजा स्वास्थ्यचौकीलाई दिने निर्णय समेत गरेको छ । त्यस्तै क्लवमा आवद्घ सम्पूर्ण खेलाडीहरु मूल आयोजक समितिको सदस्य रहेको क्लवका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।

सोही भेलाले सिर्जना सापकोटाको संयोजकत्वमा तीज गीत प्रतियोगिता गर्ने निर्णय समेत गरेको छ । जसको कोषाध्यक्षमा सोचना केसी, सचिवमा भगवती बजगाई, कार्यक्रम संचालकमा सीता कार्की, स्वागत सत्कारमा सरास्वती थापा र विष्णु थापा, आमा समूह परिचालनमा लक्ष्मी जिसी र उमा त्रिपाठी, सुरक्षामा विष्णु खत्री, स्वयंसेवकमा सावित्री कार्की र तिर्थ थापा, सरसफाईमा शान्ति बास्तोला, प्रचार प्रसारमा पार्वती बास्तोला संयोजक तथा श्रीभद्र पौडेल र विराज शर्मा सदस्य, प्राथमिक उपचारमा शान्ता केसी र धना सापकोटालाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

उक्त भेलाले कालिका थापा, कल्पना तिम्सिना, नारायणी कार्की, गंगा त्रिपाठी, रिता कुँवर, हरि कार्की, अनु केसी, कृष्णदेवी कुँवर र शान्ति पौडेललाई सदस्यको जिम्मेवारी दिएको छ ।

तीज प्रतियोगताको विजेतालाई रु.२१ हजार १ सय ११, उपविजेतालाई रु.१५ हजार ५ सय ५५, तेस्रो हुने समूहलाई ७ हजार ७ सय ७७, सान्त्वना पुरस्कार ४ हजार ४ सय ४४ साथमा प्रमाणपत्र पुरस्कार दिइने छ । त्यस्तै उत्कृष्ठ स्वर, भेषभूषा र नृत्यलाई समान २ हजार ५ सय पुरस्कार दिइने क्लवले जनाएको छ ।