अविरल ‘हिमालयन चितुवा’ ले बोलिभियन गुथीलाई हराए

नेपालका अविरल घिमिरेले बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउण्डमै हराएका हुन्

एजेन्सी
श्रावण १६, २०७६, बिहीवार

‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई हराएका छन् ।

जापानको नागोया कंग्रेस केन्द्रको हलमा भएको खेलमा नेपालका घिमिरेले बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउण्डमै हराएका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाली खेलाडी अविरल घिमिरेले बोलिभियाका च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउन्डमा नकाउट हानेर विजयी बने । जितसँगै घिमिरेले जापानी येन नगद १ लाखसहित ट्रफी र मेडलसमेत हात पारे ।

घिमिरेले हालसम्म खेलेका खेलमध्ये १२ वटामा ३ एमेच्योर, २ वटा सेमी प्रोफेसनल र ७ वटा प्रोफेसनल खेलमा ११ वटा जित हासिल गरिसकेका छन् । जसमध्ये ७ वटा प्रोफेसनलमा ५ वटामा नकाउट गरी जितेका थिए । अविरल ‘हिमालयन चितुवा’ ले अबको आगामी भिड्न्त रिभेन्ज फाइट ब्राजिलियन खेलाडीसँग गर्नेछन् ।