लक्ष्मीको ‘माइतीको घर’

जनसम्मत
श्रावण २४, २०७६, शुक्रबार

‘घ्यु दिन लाएसी विलौनी, दुध दिन लाएसी कुराउनी
सबैको घर, तीजको दर, चेलीलाई पु¥याउनी’

पोखरा । गायिका लक्ष्मी मल्ल ठकुरीले ‘माइतीको घर’ लाई यस वर्षको तीज कोसेलीका रुपमा प्रस्तुत गरेकी छन् ।

मौलिक तीजको भाकामा लक्ष्मीले ‘माइतीको घर’ गाएकी छन् । यस गीतको स्वरमा लक्ष्मीलाई बसन्त थापा र श्रीकृष्ण बम मल्ल ठकुरीले साथ दिएका छन् ।

गीतको शब्द रचना गरेका श्रीकृष्ण बम मल्लले शुरुमै ‘चमत्कार, स्वीकार्नुस नमस्कार’ को शब्दबाट यस गीतको उठान गरेका छन् । नौडाँडा पारी रहेकी एउटा चेलीले आफ्नो माइती घर सम्झेका शब्दहरुलाई मल्लले शब्द रचना गरेका छन् । युट्युबमार्फत म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको हो ।

गीतको निर्माता बब्बु थापा हुन् । बसन्त थापाले गीतमा संगीत भरेका छन् । गीतको गायकी, शब्द रचना, लय र संगीतको संयोजन मिलेको ‘माइतीको घर’ छमछमी’ नाच्ने गीत बनेको छ । गीतमा बब्बु थापा, महेन्द्र गौतम, करिष्मा ढकाल, हेम श्रेष्ठ र एञ्जल भण्डारी छमछमी नाचेका छन् ।

सुदीप सागरले गीतको एरेञ्ज गरेका छन् । दुर्गा पौडेलले गीतको छायांकन गरेका हुन् । प्रविण भट्टले म्युजिक भिडियोको सम्पादन गरेका हुन् । बब्बु थापाले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । गीतमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
मारुनी डिजिटल प्रा.लि.ले म्युजिक भिडियो तयार पारेको हो । एकता फिल्मस्ले गीतको दृश्य निर्माण गरेको हो । कुमार रानाले गीतको मिक्सिङ गरेका छन् ।