नेपाली चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक

चलचित्र एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण गरिएको हो

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक गरिएको छ ।

भदौ २७ गते रिलिज हुने चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ । बलिउड अभिनेत्री सन्नी लियोनीले ‘पासवर्ड’ को एउटा गीतमा नृत्य गेकी छिन् ।

सम्राट बस्नेतले निर्देशन गरेको उक्त चलचित्र एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण गरिएको हो । चलचित्रको छायांकन सौरभ लामाले गरेका छन् । एबी इन्टरनेशनलको ब्यानरमा चलचित्र निर्माण भएको हो । हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता अकिंत गौतम र सह–निर्माता अजित के थापा हुन् ।