एअर इन्डियाद्वारा मे ४ आन्तरिक र जुन १ बाट अन्तर्राष्ट्रिय उडानको बुकिङ् खोल्ने घोषणा

सरकारको लकडाउन गर्ने निर्णयपछि एअर इन्डियाले अप्रिल ३ सम्मका लागि आफ्ना सबै आन्तरिक र अन्तर्राष्ट्रिय दुबै बुकिङ्हरु महिनाको अन्त्यसम्मका लागि स्थगित भएको घोषणा गरेको थियो

एजेन्सी
वैशाख ७, २०७७, आइतबार

एअर इन्डियाद्वारा शनिबार मे ४ देखि आन्तरिक र जून १ बाट अन्तर्रा्ष्ट्रिय बुकिङ् खोल्ने घोषणा गरेको छ ।

कोरोना भाइरसका कारण लकडाउन घोषणा भएपछि भारतको आन्तरिक तथा बाह्य दुवै हवाइसेवा बन्द रहेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण रोकथामका लागि भारतले वैशाख २१ गतेसम्म लकडाउन बढाएको छ ।

सरकारको लकडाउन गर्ने निर्णयपछि एअर इन्डियाले अप्रिल ३ सम्मका लागि आफ्ना सबै आन्तरिक र अन्तर्राष्ट्रिय दुबै बुकिङ्हरु महिनाको अन्त्यसम्मका लागि स्थगित भएको घोषणा गरेको थियो ।