चीनद्धारा ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण

चीनीया अधिकारीहरुका अनुसार आइतबारको प्रक्षेपण ‘लङमार्च रकेट श्रृंखला’को ३४३ औं प्रक्षेपण हो

जनसम्मत
भाद्र ७, २०७७, आइतबार

पोखरा । चीनले ‘गाओफेन–९०५’ नामको ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ लङमार्चको उपग्रह प्रक्षेपण गरेको छ ।

टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको हो । चीनले आइतबार बिहान स्थानीय समयअनुसार १० बजेर १७ मिनेटमा उत्तर पश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरेको हो ।

उसले उक्त उपग्रहलाई ‘लङमार्च टुडी रकेट’को माध्यममार्फत प्रक्षेपण गरेको हो । उक्त बहुउपयोगी उपग्रहसँगै ‘टिन्टुओ–५’ नामको उपग्रहसमेत प्रक्षेपण गरेको चीनीया अधिकारीहरुले जनाएका छन् ।

चीनीया अधिकारीहरुका अनुसार आइतबारको प्रक्षेपण ‘लङमार्च रकेट श्रृंखला’को ३४३ औं प्रक्षेपण हो ।

 

समाचार श्रोत : एजेन्सीको सहयोगमा