चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘हजार जुनीसम्म’ साउनको ३० गतेबाट प्रदर्शनको तयारीमा छ

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

साउनको ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइँटेल, प्रियंका कार्की, शिवहरी पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ । ‘हजार जुनीसम्म’बाट अर्का अभिनेता अखिलेस प्रधानले चलचित्रमा डेब्यु गरेका हुन् ।

सार्वजनिक ट्रेलरमा अभिनेता आर्यन सिग्देललाई पागलप्रेमीको रुपमा प्रस्तुत गरिएको छ ।

एबीसी एण्ड एआरसी ग्राण्डसन फिल्मस् र माता पाथीभारा फिल्मस्को संयुक्त व्यानरमा निर्माण भएको हो । यसअघि, चलचित्र साउन ३० मा रिलिज हुने बताएपनि ‘साहो’का कारण ‘हजार जुनीसम्म’ को प्रदर्शन मिति एक सातापछिा सरेको थियो । सम्पादनको काम नसकिएको भन्दै ‘साहो’ प्रदर्शन मिति भदौ १३ मा पुगेपछि पुनः ‘हजार जुनीसम्म’ ले आफ्नो पुरानै प्रदर्शन मिति साउन ३० मा पाएको हो ।

विकासराज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रमा विशाल चाम्लिङको कथा रहेको छ । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा र संवाद छ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी, उदय सोताङ, बसन्त सापकोटा र प्रविन पौडेलले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका सम्पादन अर्जुन जिसीले गरेका हुन् । चलचित्रकी कार्यकारी निर्माता कविता रेग्मी हुन् ।