मेक्सम र शान्तिश्रीको तीज गीत ‘मादलु’

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

मादलु कहाँ बज्यो ?
साइँला,
पोखराको पृथ्वीचोकैमा …

पोखरा । नेपाली हिन्दु नारीहरूको महान पर्व हरीतालिका तीजलाई लक्षित गरेर तीजका सांगीतिक कोसेलीहरू सार्वजनिक हुने क्रम बढ्दो छ ।

यसै मेसोमा गायक मेक्सम खाती र गायिका शान्ति श्री परियारको तीजको सांगीतिक कोसेली ‘मादलु’ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

पछिल्लो समय ‘बोल माया’ र ‘गलबन्दी’बाट चर्चा कमाएकी शान्ति श्री र प्रतिभाशाली गायक एवं मोडल मेक्सम खातीले उक्त गीतमा कर्णप्रिय स्वर दिएका छन् । नरेश खातीले गीत शब्द र लय मिलाएका छन् । मेक्सम खाती र जुना सुन्दासको म्युजिक भिडियोमा उत्कृष्ट फिचर्ड देख्न सकिन्छ ।

मौसम हिमालीले गीतको म्युजिक भिडियोको निर्देशन गरेका हुन् । म्युुजिक भिडियोको सम्पादन गरेका छन् । म्युुजिक भिडियोको करन चैसिरले छायांंकन र मनोज कार्कीले सम्पादन गरेका हुन् । हिम सम्झौता डिजिटल प्रा.लि.ले म्युुजिक भिडियोलार्ई प्रस्तुत गरेको हो ।