हिरोज तेक्वान्दो च्याम्पिययनसीपमा नेपाललाई ४ स्वर्ण

प्रतियोगितामा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेका हुन्

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा चार स्वर्ण जितेका छन् ।

प्रतियोगितामा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन् ।

सुप्रिया बजगाईं र पूजा कुँवरले फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् । अरुण टमाटाले कास्यमा चित्त बुझाए । मलेसियामा जुलाई २१ तारिखमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीहरुले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेश विडारीले जनाएका छन् । च्याम्पियनसीपमा नेपालबाट १० खेलाडीको सहभागिता छ ।