कुवेत जान लागेका एएसबीसीका खेलाडी विदाई

अगष्ट १ देखि ९ सम्म संचालन हुने च्याम्पियनसीपमा छिरिङले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । कुवेतमा आयोजना हुने एएसबिसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरुलाई सोमबार विदाई गरिएको छ ।

च्याम्पियनसीपका लागि कुवेत जान लागेका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष राम अवाले लगायतले एक कार्यक्रमबीच विदाई गरेका हुन् ।

च्याम्पियनसीपमा नेपालका छिरिङ वाङ्गदी शेर्पाले समेत प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्ट १ देखि ९ सम्म संचालन हुने च्याम्पियनसीपमा छिरिङले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसीपका लागि छिरिङ बिगत एक महिनाबाट तयारीमा छन् ।

च्याम्पियनसीपका लागि छिरिङसँगै प्रशिक्षक रामचन्द्र थापा मगर र टिम म्यानेजरका रुपमा नेपाल बक्सिङ संघका सदस्य समेत रहेका स्कुल बक्सिङ समितिका संयोजक पुस्करराज वन्त कुवेत जादैछन् ।