आयो तीजको गीत ‘रातो गलबन्दा’

गीतमा मोडल करिष्मासँगै रमिला र लेखनाथ पाण्डेले फिचरिङ गरेका छन्

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । तीजको गीत ‘रातो गलबन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

करिष्माले यस वर्ष ‘रातो गलबन्दा’ लगायतको अन्य तीज गीतहरुमा फिचरिङ गरेकी छन् । करिष्माले फिचरिङ गरेको तीजको कोसेली ‘रातो गलबन्दा’ को हालैमात्र म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो ।

गायक महेन्द्र भण्डारी र गायिकाहरु निरु गुरुङ र तारा थापाले गीतमा स्वर दिएका छन् । लेखनाथ पाण्डेले रचना गरेको गीतमा गायक महेन्द्रले नै गीतमा संगीत र लय भरेका छन् । गीतमा मोडल करिष्मासँगै रमिला र लेखनाथ पाण्डेले फिचरिङ गरेका छन् ।

मदन खड्काले गीतमा निर्देशन गरेका छन् । बिरेन्द्र भट्टले म्युजिक भिडियोको छायांकन गरेका हुन् । बिनोद बाजुरालीको गीतमा एरेञ्ज छ । शिवदर्श फिल्मस् प्रालिले म्युजिक भिडियोको दृश्य निर्र्माण र उत्पादन गरेको हो ।

https://www.youtube.com/watch?v=1hT8n2YNbGA