भदौको दोस्रो हप्ता पोखरामा कराँतेको ग्राण्ड च्याम्पियनसीप

प्रतियोगितामा ३२ महिला तथा ३२ पुरुष खेलाडीहरु सहभागिता रहनेछ

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । भदौको दोस्रो हप्ता पोखरामा कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको छ ।

नेपाल फुल कन्ट्याक्ट कराँते महासंंघको आयोजनामा भदौको १४ गते सर्वाधिक पुरुस्कार राशीको कराँते ग्राण्ड च्याम्पियनसीप हुने भएको हो । नेपालमै पहिलो पटक नेपाल फुलकन्टयाक्ट कराँतेको प्रेसिडेन्ट कप कराते ग्राण्ड च्याम्पियनसीप हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

नेपाल फुल कन्टयाक्ट कराँते महसंघले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो च्याम्पियनसीपबारे जानकारी दिदैं अध्यक्ष दमन बस्नेतले प्रतियोगितामा ३२ महिला तथा ३२ पुरुष खेलाडीहरु सहभागिता रहने उल्लेख गरे ।

च्याम्पियनसीपको आयोजनाको दृष्टिमा पोखराले भेनु पाउनु स्वयं पोखराको लागि संंयोग हो,’ अध्यक्ष बस्नेतले भने, ‘खेलकुदका माध्यमबाट पोखराको खेल पर्यटनमा समेत यस प्रतियोगिताले सहयोग पु¥याउने विश्वास लिएका छौं ।’

प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, दोश्रो पुरस्कार ५० हजार र तेश्रो पुरस्कार २५ हजार रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा पुरुष तथा महिला खुल्ला तौल समूहमा प्रतिष्पर्धा गर्ने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख खर्च लाग्ने अध्यक्ष बस्नेतले उल्लेख गरे ।

खेलको पहिचान, खेलप्रतिको आकर्षण, खेलाडीको उत्साह र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न प्रतियोगिताले सहयोग पु¥याउने संघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद बज्राचार्यले बताए । प्रतियोगिताको सह–आयोजकका रुपमा युनाइटेड नेप्लीज क्योकुशिन एडभान्समेन्ट रहेको छ ।

प्रतिस्पर्धाबाट कराँतेमा महिला, पुरुषतर्फ एक/एक जना ग्राण्ड च्याम्पियनसीप बनाउने र उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यले महासंघले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

फुल कन्ट््याक्ट कराँते महासंघ गठन भएको तीन वर्षपछि पहिलो पटक च्याम्पियनसीप हुन लागेको हो । प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष बस्नेतले जनाए । उनले भने, ‘यसै वर्षदेखि फुलकन्टयाक्ट प्रेसिडेन्ट कप कराँते ग्राण्ड च्याम्पियनसीपको निरन्तरता पाउनेछ ।’

बस्नेतका अनुसार छाता संंगठन महासंघभित्र हालसम्म १५ वटा शाखा, डोजो, संघ र क्लबहरु आबद्ध रहेको छ । महासंघको गठनपछि विभिन्न राष्ट्रिय प्रतियोगिता, टेक्निकल सेमिनार, राष्ट्रिय क्याम्प, राष्ट्रिय खेलकुद परिषदबाट आयोजित राष्ट्रिय प्रतियोगितालगायतका कार्यक्रमहरुलार्ई महासंघले संचालन गरेको बस्नेतले दाबी गरे ।

ग्राण्ड च्याम्पियनसीप बनाउने र उनीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यले महासंघले प्रतियोगिता आयोजना गर्न लागेको हो । फुल कन्ट््याक्ट कराँते महासंघ गठन भएको तीन वर्षपछि पहिलो पटक च्याम्पियनसीप हुन लागेको संघका पदाधिकारीले दाबी गरेका छन् । प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष बस्नेतले जनाए । उनले भने, ‘यसै वर्षदेखि फुल कन्टयाक्ट कराँतेको प्रेसिडेन्ट कप ग्राण्ड च्याम्पियनसीपले निरन्तरता पाउनेछ ।’

बस्नेतका अनुसार छाता संंगठन महासंघभित्र हालसम्म १५ वटा शाखा, डोजो, संघ र क्लबहरु आबद्ध रहेका छन् । महासंघको गठनपछि विभिन्न राष्ट्रिय प्रतियोगिता, टेक्निकल सेमिनार, राष्ट्रिय क्याम्प, राष्ट्रिय खेलकुद परिषदबाट आयोजित राष्ट्रिय प्रतियोगितालगायतका कार्यक्रमहरुलार्ई महासंघले संचालन गरेको बस्नेतले दाबी गरे ।