‘नेपाल फिल्म अवार्ड’ घोषणा

लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ

जनसम्मत
श्रावण १७, २०७६, शुक्रबार

पोखरा । ‘नेपाल फिल्म अवार्ड’ घोषणा गरिएको छ । बलामी इन्टरटेनमेन्ट अन्तर्गतको नेफा मिडिया ग्रुपले पहिलो पटक ‘नेपाल फिल्म अवार्ड–२०७६’को घोषणा गरेको हो ।

२१ जना सिनेपत्रकारहरुको टिम रहेको मिडिया ग्रुपले नेपाली चलचित्रको प्रचार–प्रसार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई मुख्य उद्देश्यका साथ अवार्ड घोषणा गरेको हो । अवार्डको लागि चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले आयोजनाको लागि सहकार्य गरेका छन् ।

अवार्डमा पपुलरतर्फ ५ र निर्णायक अधिकारतर्फ १४ विधा रहनेछन् । आयोजकको निर्णयबाट नेपाली चलचित्रप्रति समर्पित व्यक्तित्वलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

लाइफटाइम एचिभमेन्टको ट्रफीमा १ तोला सुन र १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । पहिलो पटक प्राइभेट कम्पनीले गर्ने अवार्डमा विजेतालाई ट्रफीसँगै चाँदी र सुन प्रदान गर्न लागिएको यो पहिलो पटक हो ।

अवार्डको निर्णायकमा निर्मातारनिर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशकरकलाकार अनुप बराल छन् ।

पपुलरतर्फको अवार्ड भने दर्शक भोटिङको आधारमा तय गरिने जानकारी दिइएको छ । पपुलर विधा अन्तर्गत चलचित्र, अभिनेता, अभिनेत्री, महिला गायिका र पुरुष गायिका छन् ।

बेष्ट अवार्डतर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, सहायक भूमिका, सम्पादक, ध्वनि मिश्रण, पटकथाकार, छायांकार, संगीतकार र आदिवासी जनजाति समावेश गरिएको छ ।

अवार्डको पहिलो संस्करणका लागी निर्णायक समितिमा निर्माता निर्देशक आकाश अधिकारी, निर्देशक तथा सञ्चारकर्मी फुलमान वल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने र निर्देशक कलाकार अनुप बराल रहेका छन् ।

बलामी इन्टरटेनमेन्टका अध्यक्ष तथा सञ्चारकर्मी समीर बलामीका अनुसार २ करोड लागत अनुमान गरिएको अवार्डलाई चार तहमा विभाजन गरिएको पहिलो चरणमा घोषणा, त्यसपछि मनोनयन सार्वजनिक समारोह, ग्राण्ड अवार्ड समारोह र अन्त्यमा विशेष धन्यवाद समारोह हुँदै २०७६ को चलचित्र अवार्ड सम्पन्न हुनेछ ।