छनुको ‘छम छमी नाचौंन’ आयो

जनसम्मत
श्रावण १७, २०७६, शुक्रबार

पोखरा । गायिका छनु गुरुङले यसपालीको तीजमा आफ्नै स्वरमा रहेको तीज गीत ‘छम छमी नाचौन’ लिएर आएकी छन् ।

मोडल समेत रहेकी छनुले छम छमी नाचौन’मा आफैले फिचरिङ दिएकी छन् ।

नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज नजिकिएसँगै मोडल तथा गायिका छनु गुरुङले उक्त तीज गीतको म्युजिक भिडियोलाई सार्वजनिक गरेकी हुन् । ‘छम छमी नाचौन’ गीतको म्युजिक भिडियोमा छनुले नै कम्मर मर्काएकी छन् ।
उनलाई नृत्य र अभिनयमा अमृतले साथ दिएका छन् ।

तीज गीत ‘छम छमी नाँचौन’को म्युजिक भिडियोमा अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको संगीत रहेको छ । कमल राईले म्युजिक भिडियोको निर्देशन गरेका छन्् । शिव ढकालले छायांकन गरेको म्युजिक भिडियोलाई तारा थापाले सम्पादन गरेकी छन् ।