पत्रकार बास्तोलालाई दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार

पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र छ

जनसम्मत
श्रावण २१, २०७६, मंगलवार

पोखरा । पत्रकार बास्तोला दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानीत भएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित एवं पालिखे परिवारद्वारा स्थापित उक्त पुरस्कार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार बास्तोलालाई प्रदान गरेका हुन् ।

उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्र रहेको छ । आफूले प्राप्त गरेको पुरस्कार राशी ५५ हजार ५ सय ५५ रुपैयाँमा थप रकम थपेर शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेको पत्रकार बास्तोलाले घोषणा गरे । नेपाल पत्रकार महासंघले संचालन गर्ने गरी त्यसको लागि आफ्नो परिवारद्धारा बुबा आमाको नाममा विश्व–रेबती शिक्षा पत्रकारिता पुरस्कार स्थापना गरेको घोषणा गरे । पत्रकार बास्तोला पोखराबाट प्रकाशित हिमदूत दैनिकका सम्पादक हुन् ।

पालिखे परिवारका सुनयना पालिखेले कार्यक्रममा बोल्दै उत्तराकुमारी पालिखेको नाममा अर्को सामाजिक पुरस्कारको घोषणा गरिन् । सुनयनाले समाजमा विशेष योगदान पु¥याएका सामाजिक अभियन्ताहरुलाई सम्मान गर्न २ लाख १० हजारको अक्षयकोष स्थापना गरिने घोषणा गरिन् ।