सञ्जिताको तीज गीत ‘दर्पण छायाँले’

जनसम्मत
श्रावण २४, २०७६, शुक्रबार

पोखरा । यस पालिको तीज नजिकिदैं गर्दा गायिका सञ्जिता श्रेष्ठले तीजको कोसेली ‘दर्पण छायाँले’ लिएर प्रस्तुत भएकी छन् ।

युट्युबमार्फत उक्त गीतको म्युजिक भिडियो हालैमार्फत सार्वजनिक भएको हो । गीतमा गायिका सञ्जिताले सुरिलो स्वर भरेकी छन् ।

उनलाई गायनमा कमल सुशान्त केसीले साथ दिएका छन् ।

गायिका सञ्जिताले नै गीतको शब्द रचना गरेकी हुन् । गायक कमल सुशान्तले गीतमा लय भरेका छन् । गीतमा करिष्मा ढकालको फिचरिङ छ । करिष्मालाई फिचरिङमा समीर थोकरले साथ दिएका छन् ।

समीर थोकरले नै म्युजिक भिडियोको निर्देशन गरेका हुन् । मिन रावलले सम्पादन गरेको म्युजिक भिडियोको छायांकन बासु बरालले गरेका हुन् । संपूर्ण फिल्मसले दृश्य निर्माण गरेको म्युजिक भिडियोलाई रुलोस्ना डिजिटल प्रालिले प्रस्तुत गरेको हो ।