शुशिला गौतमको तीजको गीत ‘लेउ लाग्यो’

गीतमा  शुशिला आफैले अभिनय गरेकी छन्, उनलाई अभिनयमा जेम्स बि.क.ले साथ दिएका छन्

जनसम्मत
श्रावण २७, २०७६, सोमबार

पोखरा ।  गायिका शुशिला गौतम आफ्नै तीजको गीत ‘लेउ लाग्यो’ लिएर आएकी छन् ।

तीज गीतको फिचरिङमा सजिएकी छन् उनै शुशिला गौतम ।

यस वर्षको तीजमा शुशिलाले आफ्नो युट्युबमार्फत तीजको कोशेली ‘लेउ लाग्यो’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा  शुशिला आफैले अभिनय गरेकी छन् । उनलाई अभिनयमा जेम्स बि.क.ले साथ दिएका छन् ।

उनी आफैले गीत गाएकी हुन् । उनलाई गायक खुमन अधिकारीले साथ दिएका छन् । शुशिला आफैले गीतको शब्द रचना पनि छन् । खुमन अधिकारीले गीतमा संगीत भरेका छन् । शुशिला गौतम र खुमन अधीकारीलाई शान्ती सुनार, कला लम्साल, सुमन परियार र बसन्त लम्सालले कोरस स्वरमा साथ दिएका छन् ।

कृष्ण बि.क.ले ‘भान्जा’को संगीत संयोजन रहेको गीतको ध्वनी मिक्सिङ कुमार रानाले गरेका छन् । मारुनी डिजिटलमार्फत बजारमा आएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । प्रकाश भट्टले भिडियोमा निर्देशन र कोरियोग्राफी गरेका छन् । भिडियोमा अमर सुनारको सह–निर्देशन, राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

तस्वीर : शुशिला गौतमको फेसबुकबाट