तीज कोसेली ‘मन प¥यो मलाई’

जनसम्मत
श्रावण २८, २०७६, मंगलवार

पोखरा । गायिका शान्तिश्री परियार र गायक चन्द्र न्यौपानेले यस वर्ष तीज कोसेली ‘मन प¥यो मलाई’ प्रस्तुत गरेका छन् ।

युट्युबमार्फत गीतको म्युजिक भिडियो हालैमात्र सार्वजनिक गरिएको हो । चन्द्र न्यौपाने र लक्ष्मी भुषाल न्यौपानेले गीतको शब्द रचना गरेका हुन् । गीतमा रिना थापामगर र सन्देश रानाले फिचरिङ गरेका छन् ।

प्रकाश भट्टले गीतको निर्देशन र कोरियोग्राफी गरेका हुन् । विष्णु शर्माले सम्पादन गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेका हुन् । संगीत संयोजन भने विनोद बाजुरालीले गरेका छन् । शुभारम्भ डिजिटल म्युजिक प्रालिले तयार पारेको म्युजिक भिडियोको साई भिजन प्रालिले दृश्य निर्माण गरेको हो ।