कलाको ‘रेलले तान्छ’

जनसम्मत
श्रावण २८, २०७६, मंगलवार

यो मायाले जाम मात्रै भन्छ,
रेलले तान्छ, काँ लान्छ, काँ लान्छ ।

पोखरा । गायिका कमला गै¥हे र गायक जगत पौडेलले गाएको तीज गीत ‘रेलले तान्छ’ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो युटट्युबमार्फत सार्वजनिक गरिएको हो । लोक दोहरी क्षेत्रका गायक चोलेन्द्र पौडेलले गीतको शब्द रचना गरेका हुन् । गीतको लय पनि चोलेन्द्रले नै मिलाएका हुन् ।

नेपाली लोक गीत क्षेत्रमा नाम चलेका गायक प्रकाश सपुत र मोडल आरुषी सारुमगरले गीतमा फिचरिङ गरेका छन् । ‘यो मायाले जाम मात्रै भन्छ, रेलले तान्छ, काँ लान्छ, काँ लान्छ’ बोलको गीतमा प्रकाश र आरुषी छम छमी नाचेका छन् ।

गणेश सापकोटाले म्युजिक भिडियोको छायांकन गरेका हुन् । सन्तोष सारुमगरले म्युजिक भिडियोमा रंग सम्पादन गरेका छन् । शिव परियारले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । तारानाथ आचार्यले म्युजिक एरेञ्ज भरेका छन् ।