तीज गीत ‘ज्यान तिम्रै माया’ सार्वजनिक

जनसम्मत
भाद्र १, २०७६, आइतबार

पोखरा । गायिका शुशिला तामाङ र गायक किसन गाहामगरको ‘ज्यान तिम्रै माया’ तीज गीतको म्युुजिक भिडियो सार्वजनिक भएको छ ।

युट््युबमार्फत म्युजिक भिडियो सार्र्वजनिक भएको हो । किसन गाहामगरले नै संगीत भरेको गीतमा लयपनि किसनले नै संकलन गरेका छन् । गीतको नृत्यमा करिश्मा ढकाल विनोद सुन्दासले फिचरिङ गरेका छन् ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोको करन चैसिरले छायांकन गरेका हुन् । मारुनी डिजिटल स्टुडियोले तयार पारेको म्युुजिक  भिडियोको मनोज कार्कीले सम्पादन गरेका हुन् ।