केकीको ‘तीजै रमाइलो’

जनसम्मत
भाद्र १, २०७६, आइतबार

पोखरा । नायिका तथा मोडल अधिकारीले फिचरिङ गरेको तीज गीत ‘तीजै रमाइलो’ युट्युबमार्फत सार्वजनिक भएको छ । गोमा (सुजता) कार्कीले गीतमा स्वर भरेकी हुन् । जीवन शाहीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

नविन निरौलाले रंग सम्पादन गरेको गीतको म्युजिक भिडियोको सम्पादन बुद्ध थापाले गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका छन् । राजन पोखरेलले शब्द रचना गरेको गीतमा विजय अधिकारीले संगीत भरेका हुन् ।