हिलपोइन्ट फुटसल च्याम्पियन

यसअघि, आयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशबीच भएको मैत्री पुर्ण खेलमा पत्रकार टोली बिजयी बनेको थियो

जनसम्मत
भाद्र १, २०७६, आइतबार

पोखरा । हिलपोइन्ट बोर्डिङ स्कुल हिमाअज फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लि र एपी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको प्रथम कलेजस्तरीय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको फाइनलमा पोखरा कलेज अफ म्यानेजमेन्टलाई शून्यकाविरुद्ध एक गोल गर्दै हिलपोइन्ट च्याम्पियन बनेको हो ।

उपाधिसँगै हिलपोइन्ट बोर्डिङ स्कुलले २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पा¥यो । उपबिजेता पोखरा कलेज अफ म्यानेजमेन्टले २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।

बिजेता तथा उपबिजेता टिमलाई प्रतियोगिताको प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्की, नेपाल आदिबासी जनजाति महासँघ गण्डकी (फोनिज) प्रदेशका अध्यक्ष एमबी आस्थामगर र हिमाअज एजुकेशन कन्सल्टेन्सी पोखराका निर्देशक पुजा पालिखेलगायतले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार बितरण गरे ।

प्रतियोगितामा पोखरा कलेज अफ म्यानेजमेन्टका सिद्धार्थ रञ्जित सर्बोत्कृष्ट खेलाडीक बने । हिलपोइन्टका बालासिंह गुरुङ उत्कृष्ट गोलरक्षक बने । उनीहरुले समान एक हजारसहित ट्रफी प्राप्त गरे । ला–ग्राण्डीले भने फेयर प्ले ट्रफी हात पा¥यो ।

यसअघि, आयोजक र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशबीच भएको मैत्री पुर्ण खेलमा पत्रकार टोली बिजयी बनेको थियो ।