‘क्या फिदा भो’ तीज गीत

जनसम्मत
भाद्र ३, २०७६, मंगलवार

पोखरा । तीज गीत ‘क्या फिदा भो’ को म्युजिक भिडियो सार्र्वजनिक भएको छ ।

युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा पूर्णकला बि.सी. र बलु बि.सी. ले स्वर भरेका छन् । तिलक वलीले गीतको शब्द रचना गरेका हुन् । तिलकले नै गीतको लय संकलन गरेका हुन् ।

अशोक बि.क.ले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । रबिन बि.क.ले म्युजिक भिडियोमा सम्पादन गरेका छन् । बासु न्यौपानेले म्युजिक भिडियोको छायांकन गरेका हुन् । बलु बि.सी., पूर्णकला बि.सी., सगुन र एल एक्सले गीतमा फिचरिङ गरेका छन् ।

अम्बिका म्युजिक प्रा.लि.ले गीतसहित म्युजिक भिडियो तयार पारेको हो । ग्रेट नटराज फिल्मस्ले म्युजिक भिडियो प्रस्तुत गरेको हो ।

 

https://www.youtube.com/watch?v=ix0saVENOUo