साफ यू–१५ च्याम्पियनसीपमा नेपालको पहिलो जित

नेपालले श्रीलंकामाथि २–० को जित निकालेको हो

जनसम्मत
भाद्र ८, २०७६, आइतबार

पोखरा । साफ यू–१५ फुटबल च्याम्पियनसीपमा नेपालले पहिलो जित निकालेको छ ।

नेपालले श्रीलंकामाथि २–० को जित निकालेको हो । नेपालले श्रीलंकालाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जितसँगै

नेपालले समूहमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारतसँग ५० ले पराजित भएको थियो ।

भारतको कल्याणीमा भएको खेलमा नेपालका लागि सशांक बोहोराले पहिलो गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४६ औं मिनेटमा नेपालका लागि शशांक बोहोराले गोल गर्दै खेलमा अग्रता बनाए । खेलको ८३ औं मिनेटमा नेपालका असिम राईले दोस्रो गोल गरे । असिम ६८ औं मिनेटमा कृष्ण यादवको स्थानमा मैदान प्रवेश गरेका थिए ।