अभ्यास खेलमा श्रीलंकन एसएससीसँग यू–१९ नेपाली टोलीको हार (हेर्नुहोस, फोटो फिचरसहित)

श्रीलंकाको स्थानीय सिंहालिज क्रिकेट क्लब (एसएससी) सँग नेपाली टोली तीन विकेटले पराजित भएको हो

जनसम्मत
भाद्र १२, २०७६, बिहीवार

पोखरा । एसीसी यू–१९ एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाल क्रिकेट टिमले पहिलो अभ्यास खेलमा तीन विकेटले हार बेहोरेको छ ।

श्रीलंकाको स्थानीय सिंहालिज क्रिकेट क्लब (एसएससी) सँग नेपाली टोली तीन विकेटले पराजित भएको हो ।

कोलम्बोमा भएको पहिलो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । खराब मौसमका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, सन्दीप जोरा ३३, ओपनर रित गौतमले ३१, पवन सर्राफ ३० रनको योगदान गरे ।

त्यस्तै, हरिबहादुर चौहानले अविजित १८ तथा भीम सार्कीले १५ रन जोड्दा कप्तान रोहितकुमार पौडेल ८ र लोकेस बम १ रनमा पेभिलियन फर्किए । नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । नेपालले अन्तिम बलमा क्याच छाडेपछि एसएससीले रोमान्चक जित निकालेको थियो । नेपालका लागि पवन सर्राफले ३ विकेट हात पारे । यस्तै कमलसिंह ऐरीले २, सूर्य तामाङ, सगर ढकालले समान १ विकेट हात पारे ।

तस्वीर : रमन सिवाकोटी