पोखरा–१ को ४० लक्षित घर परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण

जनसम्मत
चैत्र ३०, २०७५, शनिबार

पोखरा । पोखरा महानगरपालिका वडा नं १ को मा वडाका लक्षित नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ ।

‘स्वस्थ नेपाल निर्माणका लागि स्वास्थ्य बीमा’ कार्यक्रमलाई सफल बनाउन उक्त वडाले गरिव, बिपन्न र असहाय नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गराएको हो ।

महागरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले उक्त वडाका ४० घर परिवारलाई स्वास्थ्य बीमा कार्ड वितरण गरेकी हुन् । पोखरा महानगरपालिका वडानं १ को कार्यालयको आर्थिक सहयोगमा आफ्नो वडाका ४० घर लक्षित बिपन्न परिवारको लागि रु १ लाख रुपैया बराबरको स्वास्थ्य बीमा प्रिमियम रकम तिरेर नागरिकलाई स्वास्थ्य बीमा कार्य क्रममा आवद्ध गराएको उक्त वडाकी वडा अध्यक्ष शारदा पराजुलीले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले मानव जीवन जोखिममा पर्ने हुनाले लक्षित नागरिकप्रति स्थानीय सरकारले स्वास्थ्य बीमाको योजना ल्याएको बताइन् ।

‘जीवनको यात्रा सधै जोखिममा हुन्छ,’ उपप्रमुख गुरुङले भनिन्, ‘कति खेर के हुन्छ ? थाहा हुदैन, स्वास्थ्य सबै भन्दा ठूलो सम्पत्ति भएकाले सबैले स्वास्थ्य बीमा गरी समयमै सुरक्षित हुनुपर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रदेश सरकार, स्थानीय तह, पत्रकार, नागरिक समाज र जनताको बीचमा सहकार्य गरेर प्रभावकारी रुपमा अगाडि बढ्नुपर्छ ।’

पोखरा महानगरपालिकामा क्षेत्रमा अगाडि बढाउनुपर्ने बताइन् । ‘गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकतामा राख्नुपर्छ,’ गुरुङले भनिन्, ‘स्वास्थ्य महानरपालिका निर्माणका लागी स्वास्थ्य बीमा कार्यक्रमलाई पोखरा महानगरको प्रत्येक नागरिकको घरदैलोसम्म पु¥याउनुपर्छ । त्यसका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्छ ।’

वडा अध्यक्ष शारदा कुमारी पराजुलीले स्वास्थ्य बीमा कार्यक्रम नागरिकका लागि आवश्यक छ यसलाई सफल बनाउन सबैले सामुहिक रुपमा प्रयास गर्नुपर्ने उल्लेख गरिन् ।

‘आफ्नो वडाभित्रका वस्तीहरुमा गरिवी छ,’ वडा अध्यक्ष पराजुलीले भनिन्, ‘गरिवीबाट मुक्तिका लागि फजुल खर्च घटाउनुपर्छ । स्वस्थ जीवन शैली अपनाएर समृद्धिको दिशामा सबै नागरिक अगाडी बढ्नु पर्छ ।’

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले टोलटोल र वडा तहमा स्वास्थ्य प्रबद्र्धनात्मक कार्यक्रमअन्तरगत वडाका लक्षित नागरिकलाई वडा नं १ ले स्वास्थ्य बीमा गरेर राम्रो कार्यको शुरुवात गरेको बताए ।

स्वास्थ्य बीमा वोर्ड गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन आग्रह गरे ।

आर्थिक अभावका कारण कोहीपनि नागरिक स्वास्थ्य उपचार सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमको माध्यमबाट नागरिकको उपचारका लागि सहयोग प्रदान गर्दै आएको छ । नयाँ व्यवस्थाअनुसार ५ जनासम्मको परिवारले वार्षिक ३५ सय प्रिमियम तिरेपछि १ लाखसम्मको स्वास्थ्य बीमा कार्यक्रममार्फत स्वास्थ्य उपचार सुबिधा प्राप्त गर्न सकिन्छ ।