मंसिरको अन्तिम सातादेखि एन्फाको ‘ए’ डिभिजन लिग

सिजनको लिगका लागि १४ वटा क्लबले १८/१८ जना खेलाडी दर्ता गराइसकेको एन्फाले जनाएको छ

जनसम्मत
भाद्र २३, २०७६, सोमबार

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग मंसिरको २८ गतेबाट संचालन गर्ने भएको छ ।

एन्फाले आगामी वर्षदेखि भने प्रत्येक लिग नोभेम्बर १ देखि संचानल गर्ने स्थायी मिति निर्धारण गरिएको समेत जनाएको छ ।

सिजनको लिगका लागि १४ वटा क्लबले १८/१८ जना खेलाडी दर्ता गराइसकेको समेत एन्फाले जनाएको छ । एन्फाले क्लब, प्रायोजक, संचार माध्यम लगायत संपूर्ण फुटबल खेलसँग सम्बन्धित व्यक्ति, संघसंस्थाहरुको सहयोगबाट अझ बढी चुस्त व्यवस्थान गर्ने दाबी गरेको छ ।