क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युलाई युएस ओपन टेनिसको उपाधि

फाइनलमा आठौँ बरियताकी ३७ वर्षे अमेरिकी सेरेना विलियम्सलाई ६–३ र ७–५ को सोझो सेटमा क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले स्तब्ध पारिन्

जनसम्मत
भाद्र २३, २०७६, सोमबार

युएस ओपन टेनिसको उपाधि क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले जितेकी छन् ।

युएस ओपनको फाइनलमा आठौँ बरियताकी ३७ वर्षे अमेरिकी सेरेना विलियम्सलाई ६–३ र ७–५ को सोझो सेटमा क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्युले स्तब्ध पारिन् ।

सेरेना विलियम्स युएस ओपनको फाइनलमा आएर बिएन्का एण्ड्रिस्क्यूसँग पनि पुनः स्तब्ध भएकी छन् ।

पछिल्लो समय सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार फाइनलमा लगातार हार बेहोरेकी छन् ।

बिएन्का टेनिसको प्रमुख प्रतिस्पर्धामा उपाधि जित्ने पहिलो किशोरी बनेकी छन् । सन् २००६ यता ग्राण्डस्लामको उपाधि जित्ने पहिलो किशोरी हुन् ।

सन् २००६ मा मारिया सारापोभाले किशोरी उमेरमै ग्राण्डस्लामको उपाधि जितेकी थिइन् ।

सेरेना गएको जुलाईमा विम्बल्डन टेनिसको फाइनलमा सिमोना हालेपसँग पराजित भएकी थिइन् ।

यस्तै, गएको वर्ष युएस ओपनमा सेरेना जापानकी नाओमी ओसाकासँग पराजित भएकी थिइन् ।