धीरेन्द्र र राममायाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथन

म्याराथनमा ५ सय भन्दा बढिले सहभागिता जनाए

जनसम्मत
भाद्र ३०, २०७६, सोमबार

पोखरा । कर्णाली स्पोटर््सका धीरेन्द्रबहादुर बुढाले जुम्ला–रारा अल्ट्रा म्याराथन अन्तर्गत ४९ किलोमिटर दूरीको दौड जितेका छन् ।

उनले निर्धारित दूरी ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै म्याराथन जितेका हुन् ।

त्यस्तै उक्त स्पर्धामा धीरेन्द्रबहादुर भण्डारी द्धितिय भए । उनले निर्धारित दूरी ५ घण्टा १९ मिनेट ३८ सेकेण्डमा पूरा गरे । विभागीय नेपाली सेनाका देवराज महतरा म्याराथनमा तेस्रो बने । देवराजले निर्धारित दूरी ५ घण्टा २४ मिनेट ३ सेकण्डमा पूरा गरे ।

म्यारथन अन्तरगत ४९ किमिकै महिलातर्फ कर्णाली स्पोर्ट्सकै राममाया बुढाले दौड जितेकी छन् । राममायाले निर्धारित दूरी ६ घण्टा ४६ मिनेट ३५.११ सेकेण्डमा दौड पूरा गरेकी थिइन् ।

त्यस्तै, कर्णाली स्पोर्ट्सकै मञ्जु रावतले म्याराथनमा दोस्रो बनेकी छन् । मञ्जु रावतले निर्धारित दूरी ६ घण्टा ४६ मिनेट ४० सेकेण्डमा पूरा गरेकी थिइन् । नेपाली सेनाकी रेजिना भण्डारी म्याराथनको तेस्रो स्थानमा आउन सफल भएकी छन् । रेजिनाले निर्धारित दूरी ६ घण्टा ४६ मिनेट ५७ सेकेण्डमा पूरा गरेकी थिइन् ।

सोमबार मुगुस्थित रारा तालमा म्याराथनका विजेताहरुलाई पुुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

म्याराथनमा विजेताले ७५ हजार, उपविजेताले ५० हजार तेस्रो हुनेले २५ हजार नगदसहितको पुरस्कार पाउनेछन् ।

त्यस्तै, म्याराथन अन्तरगत ५ किलोमिटर दौड प्रतियोगिताको महिलातर्फ जुम्लाकी हिमाली शाहीले उपाधि जितेकी छन् । उक्त स्पर्धामा निशा पाण्डे दोस्रो, अन्जना लामा तेस्रो र अस्मिता सुनार शान्त्वना स्थानमा आइन् । महोत्तरीका नारायाणकुमार कुशवाहा प्रथ मबने । यस्तै, जुम्लाका विकास बुढा दोस्रो, जुम्लाकै कविन्द्र बुढा तृतीय र प्रेम रावत सान्त्वना भए ।

यस्तै, १ किलो मिटरको दौड प्रतियोगितामा महिलातर्फ निरु रावत प्रथम, मन्जिता ऐडी दोस्रो र अष्मी भण्डारी तेस्रो स्थानमा आइन् । यसैगरि, १ किलोमिटर पुरुषतर्फ नारायण रावत प्रथम, लक्ष्मण जिसी द्धितिय र नरेश बुढा तेस्रो भएको शाहीले बताए ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले विजयी म्याराथन खेलाडीहरुलाई मेडल, प्रमाण पत्र पुरस्कार वितरण गरे ।

यस पटकको ४९ किलोमिटरको प्रतियोगितामा आयरल्याण्डका जिम्नी वस्टेन, डेनमार्कका स्टिना, बेलायतका अल्टन र बरस्वीक, भारतका ५२ वर्षीय धावक जगदिश यादव र २५ वर्षीय कुलद्धिप चौधरीले सहभागिता जनाए ।

जुम्ला रारा अल्ट्रा म्याराथन नेपाल टेल रेस सिरिजको सेमिफाइनन प्रतियोगिता हो । महिला र पुरुषतर्फको प्रतियोगितामा उत्कृष्ट ६ जनाले फाइनल प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

जुम्लामा दोस्रो पटक आयोजना गरिएको जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५ सय भन्दा बढिले सहभागिता जनाएको आयोजक कर्णाली स्पोर्ट्स क्लबले जनाएको छ । कर्णाली स्पोटर््स क्लव जुम्लाले आयोजना गरेको म्याराथनमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहभागी भएका हुन् ।

जुम्लाको चन्दननाथदेखि कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा तालसम्मको ४९ किलोमिटर, ५ किलोमिटर र १ किलोमिटर दौड प्रतियोगितामा देश तथा विदेशका ५ सय बढिले सहभागिता जनाएको क्लवका अध्यक्ष सरोज शाहीले जनाकारी दिए । ४९ किलोमिटरको म्याराथनमा ६३, ५ किलोमिटरमा ५० जना र १ किलो मिटरमा २५ जना लगायत अन्य गरी पाँच सयको जनाको सहभागिता रहेको जनाइएको छ ।