यू–१८ फुटबल च्याम्पियनसीपमा बंगलादेशको शान्दार जित

श्रीलंकालाई ३–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात समेत गरेको छ

जनसम्मत
असाेज ५, २०७६, आइतबार

पोखरा । बंगलादेशले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसीप फुटबलमा शान्दार जित निकालेको छ ।

राजधानीको हलचोकस्थित एपीएफको मैदानमा शनिबार भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात समेत गरेको छ ।

बंगलादेशले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गर्न सफल भयो । खेलको पहिलो मिनेटमै तानबिर हुसेनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।  ७७ औं मिनेटमा फाहिम मोर्सेदले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा फैसल अहमेद फाहिमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए । जितसँगै समूह ‘बी’ को बंगलादेशले पहिलो खेलमा ३ अंक जोडेको छ । जितसँगै बंगलादेशले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

श्रीलंकाले भने हारबाट सुरुवात गरेको छ । यस समूहमा बंगलादेश र श्रीलंकासँगै भारत रहेको छ । समूहका शीर्ष दुई टिम सेमिफाइनल खेल्नेछन् । प्रतियोगिता अन्तर्गत आइतबार नेपालले भुटानको सामना गर्नेछ ।