एक दिवसीय क्रिकेटमा नेपाल एक स्थान तल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बुधबार सार्वजनिक गरेको यस महिनाको वरीयतामा नेपाल १७ औं स्थानमा झरेको हो

जनसम्मत
असाेज ९, २०७६, बिहीवार

पोखरा । आइसीसी पुरुष एक दिवसीय टोलीको वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले बुधबार सार्वजनिक गरेको यस महिनाको वरीयतामा नेपाल १७ औं स्थानमा झरेको हो । नेपाल अघिल्लो वरीयतामा १६ औं स्थानमा थियो ।

नेपालले खेलेको ८ खेलमा १९ रेटिङबाट १ सय ५२ अंक पाएको छ । यस वरीयतामा नेपालभन्दा माथि ओमान, नामिबिया, स्कटल्याण्ड, नेदरल्याण्ड्स, जिम्वाबे, आयरल्याण्ड, अफगानिस्तान, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, पाकिस्तान रहेका छन् ।

वरीयताको शीर्ष स्थानमा इङ्ल्याण्ड छ । भारत दोस्रोा, न्युजिल्याण्ड तेस्रो, अष्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् । नेपालभन्दा पछाडि अमेरिका १८ औं, युएई १९ औं र पपुवान्यूगिनी २० औं स्थानमा छन् । आइसीसीको टी–२० वरीयतामा नेपाल यथास्थानमा रहेको छ । नेपालको १८ टी–२० म्याचबाट २८ सय १८ अंक र २ सय १ रेटिङ रहेको छ । पुरुष टी–२० वरीयतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ ।

यसैगरी, इङ्ल्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, भारत चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ । टी–२० वरीयतामा नेपालभन्दा पछाडि स्कटल्याण्ड, युएई, आयरल्याण्ड, जिम्बाबे छन् ।