इङ्ल्याण्डको राष्ट्रिय वेम्बली रंगशालामा युइएफए च्याम्पियन्स लिग–२०२३ को फाइनल खेल

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको बोर्ड बैठकले सन् २०२१, २०२२ र २०२३ को तीन संस्करणको च्याम्पियन्स लिगको फाइनल हुने रंगशालाको तय गरेको हो

जनसम्मत
असाेज ९, २०७६, बिहीवार

पोखरा । इङ्ल्याण्डको राष्ट्रिय वेम्बली रंगशालालाई युइएफए च्याम्पियन्स लिग–२०२३ को फाइनल खेलका लागि तय गरिएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको बोर्ड बैठकले सन् २०२१, २०२२ र २०२३ को तीन संस्करणको च्याम्पियन्स लिगको फाइनल हुने रंगशालाको तय गरेको हो ।

युइएफएले सन् २०२१ को फाइनल खेल रुसको सेन्ट पिटर्सवर्गमा, सन् २०२२ को च्याम्पियन्स लिगको फाइनल जर्मनीको एलिनाज रंगशालामा गर्ने निर्णय गरेको हो ।

त्यस्तै युईएफएले सन् २०२३ को च्याम्पियन्स लिगको फाइनल इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बलीमा गराउने निर्णय गरेको छ ।

सन् २०२० को फाइनल खेल भने टर्कीको स्तानबुलस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

यस्तै, युइएफएले युरोपा लिगको फाइनल हुने रंगशाला समेत तय गरेको छ । सन् २०२१ को युरोपा लिगको फाइनल स्पेनिस क्लब सेभियाको मैदान रामोन सान्चेज पिजुयन स्टेडियममा हुनेछ ।

तस्वीर : गुगल डट कम