पोखरामा ‘मिसन साग’ को प्रचार प्रसार

पोखरा रंगशालाबाट निस्किएको ¥याली पृथ्वीचोक, न्यूरोड, गणेशटोल, मोहरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर पुगेको थियो

जनसम्मत
असाेज १२, २०७६, आइतबार

पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) गेमको प्रचार प्रसारका लागि पोखरामा निकालिएको ¥याली निकालिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति र कास्की जिल्ला खेलकुद बिकास समितिले पोखरा रंगशालाबाट बाजागाजा र १३ औं सागको ब्यानर सहित निकालेको ¥याली विन्ध्यवासिनी मन्दिरसम्म पुगेर सम्पन्न भएको थियो ।

नेपालीहरुको महान पर्व बडा दसैं घटस्थापनाको दिन पारेर पोखरामा बन्द प्रशिक्षणमा रहेका ह्याण्डबल खेलाडीलगायत अन्य खेलका खेलाडी प्रशिक्षक र पदाधिकारीहरु ¥यालीमा सहभागी थिए ।

पोखरा रंगशालाबाट निस्किएको ¥याली पृथ्वीचोक, न्यूरोड, गणेशटोल, मोहरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर पुगेको थियो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङको नेतृत्वमा ¥याली निस्किएको हो ।

विन्ध्यवासिनी मन्दिर पुगेर साग गेममा नेपाली खेलाडीहरुको सफलताका लागि कामना एवं प्रार्थना गरिएको थियो ।