चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

सोल्टी होटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता थियो ।

जनसम्मत
असाेज २६, २०७६, आइतबार

पोखरा । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार स्वदेश फिर्ता भएका छन् ।

दुईदिने भ्रमण सकेर उनी आइतबार दिउँसो त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाइ गरेकी हुन् ।

बिदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीपरिषद्का सदस्य लगायतको सहभागिता थियो ।

सोल्टी होटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता थियो ।

राष्ट्रपति सी स्वदेश फर्कनुअघि आइतबार दुई देशबीच उच्चस्तरीय वार्ताका साथै विभिन्न २० वटा समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।