श्रीलंकामा नेपाली राष्ट्रिय विच भलिबल टोलीको वैदेशिक प्रशिक्षण

टोलीले श्रीलंकामा रहेर प्रशिक्षण र अभ्यास खेलहरु खेल्नेछन्, दुवै टोलीले ५/५ अभ्यास खेल खेल्नेछन्, प्रशिक्षण र अभ्यास खेलपछि टोली नोभेम्बर १३ तारिखमा नेपाल फर्कनेछ

जनसम्मत
कार्तिक १८, २०७६, सोमबार

पोखरा । नेपाली राष्ट्रिय विच भलिबल टोलीको वैदेशिक प्रशिक्षण श्रीलंकामा हुने भएको छ ।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि विच भलिबल टोली श्रीलंका जान लागेको हो । विच भलिबलको पुरुष टोलीमा सञ्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार छन् ।

त्यस्तै, महिला टोलीमा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनीषा चौधरी छन् । प्रशिक्षकमा सुदेश रिमाल र कौशिला खत्री तथा व्यवस्थपकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी छन् ।

टोलीले श्रीलंकामा रहेर प्रशिक्षण र अभ्यास खेलहरु खेल्नेछन् । प्रशिक्षण र अभ्यास खेलपछि टोली नोभेम्बर १३ तारिखमा नेपाल फर्कनेछ । दुवै टोलीले ५/५ अभ्यास खेल खेल्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे ।