दक्षिण अफ्रिका तेस्रो पटक रग्बी विश्व कपको च्याम्पियन

यसअघि, दक्षिण अफ्रिकाले सन् १९९५ र २००७ मा उपाधि जितेको थियो

जनसम्मत
कार्तिक १८, २०७६, सोमबार

एजेन्सी । दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जितेको छ ।

जापानको योकोहामामा शनिबार भएको फाइनलमा इङल्याण्डलाई ३२–१२ को फराकिलो स्कोर अन्तरले हराउँदै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो ।

इङ्ल्याण्डलाई फराकिलो अन्तरले हराउने क्रममा दक्षिण अफ्रिकाले पहिलो हाफमै १२–६ को अग्रता बनाएको थियो । यससँगै दक्षिण अफ्रिकाले तेस्रो पटक रग्बी विश्वकपको उपाधि जित्न सफल भएको छ ।

यसअघि, दक्षिण अफ्रिकाले सन् १९९५ र २००७ मा उपाधि जितेको थियो । यस संस्करणको सेमिफाइनलमा दक्षिण अफ्रिकाले वेल्सलाई १९–१६ को स्कोरले हराएर फाइनल पुगेको थियो ।

यस्तै, इङ्ल्याण्डले सेमिफाइनलमा न्युजिल्याण्डमाथि १९–७ स्कोरको जित निकाल्दै फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको थियो । रग्बीको विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गरेको थियो ।

तस्वीर : फक्सस्पोर्ट्स् डट कम