निर्धारित समयमै नेपालमा साग गेम हुने सदस्य–सचिव सिलवालको दाबी

हालैमात्र बसेको साउथ ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको टोली निर्धारित समयमै साग गेम गर्ने निष्कर्षमा पुगेको छ

जनसम्मत
कार्तिक २४, २०७६, आइतबार

पोखरा । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले निर्धारित मितिमै १३ औं दक्षिण एसियाली खेलकुद (साग गेम) हुने ग्यारेन्टी दिएका छन् ।

साग तयारी र योजनाको जानकारी लिन साउथ ओलम्पियन कमिटीको काउन्सिल र ‘सेफ दि मिसन’को टोलीसँगै पोखरा आएका सदस्य–सचिव सिलवालले यहाँ आयोजित पत्रकार सम्मेलनमा साग गेमको तयारी अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे ।

प्रतियोगितालाई सफलतासाथ सम्पन्न गर्नेगरी तयारी थालिएको उनको कथन थियो । उनले प्रतियोगिता अगावै पूर्वाधार निर्माणका कार्यहरु सक्ने ग्यारेन्टी दिए । सहभागी राष्ट्रसँग आफूहरुले साग तयारीबारे संपूर्ण जानकारी गराइसकेको उनले उल्लेख गरे । सदस्य सचिव सिलवालले सहभागी राष्ट्रहरु समेत साग आयोजना र व्यवस्थापनप्रति विस्वस्त रहेको बताए ।

सदस्य–सचिव सिलवालले खेलस्थलको तयारी पनि अन्तिम चरणमा पुगेको बताए । दुई÷तीन वटा खेलस्थलबाहेक सबै खेलस्थलहरुको निर्माण कार्य करिब करिब पूरा भएको उनले दोहो¥याए । सिलवालले हिटिङ स्विमिङ पुल एक हप्तामा पूरा हुने बताए । दशरथ रंंगशालाको भीआइपी प्यारापिटमा सिट राख्ने कार्य आजभोली नै पूरा हुने उनको दाबी छ ।

पोखरा रंगशालाको निर्माण कार्य समेत तीब्र रुपमा अघि बढेको उनले बताए । ‘पोखराको फुटबल मैदानमा दुबो लगाउने काम सकिएको छ,’ उनले भने, ‘ट्रयाक एण्ड फिल्डका कामहरु अघि बढेका छन् । ग्राण्ड स्टाण्डका समानहरु भन्सारसम्म आइपुगेको छ । त्यसलाई छुटाएर ल्याउने काम मात्रै बाँकी छन् । समान आइपुगेको मितिले ग्राण्ड स्टाण्डलाई पाँच दिनभित्र फिट गरेर सकिन्छ । साग गेमका लागि अहिले चार साइडमध्ये दुई साइड मात्रै १० अँट्ने प्याराफिट बन्छ ।’

पोखराले स्पोटर््स् भेन्यू पाएको मध्ये ब्याडमिन्टनको खेल पूर्वाधार हप्ता दिनभित्र सकिने उनले बताए । चौर सम्याउने बाहेक आर्चरीको अन्य काम बाँकी नरहेको उनले उल्लेख गरे । कभर्डहल, भारोत्तोलन, ट्रायथलनका लागि पूर्वाधारको समस्या नरहेको उनले विश्वस्त पारे ।
साग गेमका लागि नेपालको तयारीमा कुनै कसर बाँकी नराखेको सदस्य–सचिव सिलवालले दाबी गरे । सिलवालले १३ वटा गेमको असार अघि नै र बाँकी खेलको साउन पछिाडीबाट बन्द प्रशिक्षण थालिएको उल्लेख गरे । देशभित्रको स्वदेशी, तथा विदेशी प्रशिक्षकद्वारा विदेशमा प्रशिक्षण एवं प्रतिस्पर्धा गराएर साग गेमका लागि खेलाडी तयार पारिएको उनको कथन छ ।

‘नेपाली खेलाडीहरुले प्रभावकारी परिणाम ल्याएका छन्,’ उनले भने, ‘हिँजो मात्रै चाइना ओपनमा १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । बंगलादेशको प्रतियोगितामा सहभागी नेपाली खेलाडीले ८ वटा स्वर्ण पदक २ रजत र ३ कास्य पदक प्राप्त गरेका छन् ।’

साग गेमप्रति मिडिया क्षेत्र संंवेदशील बन्न पनि सिलवालले आग्रह गरे । साग अवधिभित्र आयोजकको तर्फबाट भएका गल्ती कमजोरीहरुलाई घरभित्रै रहेर कमी कमजोरीलाई औंल्याइदिन उनको आग्रह थियो । मिडिया क्षेत्रलाई साग गेमप्रति जिम्मेवार र संवेदनशील बन्न उनको आग्रह थियो ।

‘मिडिया क्षेत्र पनि देशको जिम्मेवार हाम्रो ईज्जत र प्रतिष्ठाभित्र तपाँईहरुको पनि ईज्जत र प्रतिष्ठा पर्छ,’ उनले भने, ‘मिडिया संप्रेषणमा तद्नुरुप गरिदिन पनि म आग्रह गर्दछु । यसमा हाम्रोसँगै तपाँईहरुको पनि भूमिका ठूलो छ । यहाँ खेल पनि भयो, खेलाडीहरु पनि आएर खेलिदियो, तर मिडियाले लेखिदिएन भने पोखरा पछि पर्न सक्छ ।’

नेपालमा हुने साग गेमको तिथि मितिमा अब द्विविधा छैन : एनओसी अध्यक्ष श्रेष्ठ

 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुदमा द्विविधा नरहेको उल्लेख गरे ।

हालैमात्र बसेको साउथ ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको टोली निर्धारित समयमै साग गेम गर्ने निष्कर्षमा पुगेको श्रेष्ठले जनाए । नेपालमा निर्धारित समयमै शत प्रतिशत रुपमा आयोजना हुने कुरामा श्रेष्ठले ग्यारेन्टी दिए । आयोजक राष्ट्रका सरकारले आफ्नो प्रतिबद्धता जनाउने र उनीहरुको जिज्ञाशा मेटाउने काम भइसकेको उनले जनाए ।

श्रेष्ठले सरकारले जनाएको प्रतिबद्धताप्रति नेपाल ओलम्पिक कमिटी र साउथ एसियन ओलम्पिक कमिटीले विश्वास लिएको बताए । काउन्सिल र मिसनको टोलीले गरेको स्पोर्टस् भेन्यूको भ्रमणले पनि आशंक द्विविधामा पूर्णविराम लागेको उनको कथन थियो ।

‘काउन्सिल र मिसन टोलीको स्पोर्ट्स् भेन्यूको भिजिट भएको छ,’ श्रेष्ठले उल्लेख गरे, ‘नेपालमा साग नहुने हो कि, खेल मिति सर्ने हो कि भन्ने आम नागरिकको आशंकालाई स्पोर्टस् भेन्यूको भिजिटले समाप्त पारिदिएको छ ।’

यसैबीच, आइतबार विहान पोखरा रंंगशालास्थित साग सचिवालयमा साग गेम सहजीकरण समिति, साउथ एसियन ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसन टोलीबीच बैठक बसेको थियो । काउन्सिल र मिसन टोलीले सहजीकरण समितिसँग पोखराको खेलस्थल र आयोजनबारे जानकारी लिएको थियो ।

तस्वीर : उमेश पुन