गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नयाँ वर्षको शुभकामना सन्देश

जनसम्मत
चैत्र ३०, २०७५, शनिबार

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा नयाँ वर्ष २०७६ को शुभकामना सन्देश दिएका छन् ।

नयाँ वर्षको उपलक्ष्यमा मुख्यमन्त्री गुरुङले शुभकामना सन्देश दिदैं स्वदेश तथा विदेशमा रहेका संपूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् । ।

गण्डकी प्रदेश सरकारका लागि २०७५ साल विभिन्न चुनौतीका बाबजुद मूलतः गण्डकी प्रदेशको विकास र समृद्धिका लागि जग निर्माणको महत्वपूर्ण वर्षका रुपमा व्यतित गएको मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन् ।

प्रदेशको विकास र समृद्धिमा हाम्रो पौरखले थप्न सकेका थोरै मात्र सुरुवाती ईटाहरु जनताले २०७५ सालमा देख्न पाएपनि, हामीलाई विश्वास छ कि हामीले निर्माण गरेको कानूनी र संरचनागत जग वलियो र मजवुत छ,’ मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा भनेका छन्, ‘यही वलियो र मजवुत जगमा विकास र समृद्धिका धेरै महत्वपूर्ण इटाहरु थप्न हामी नयाँ वर्ष २०७६ मा सफल हुनेछौँ भन्ने पूर्ण विश्वाससहित प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा अगाडि भनेका छन्, ‘यसका लागि सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुले गण्डकी प्रदेश सरकारलाई दिँदै आउनुभएको साथ, समर्थन र रचनात्मक सुझाव अटुट रुपमा प्राप्त भइरहने नै छ भन्ने अपेक्षा लिँदै सवल र समृद्ध गण्डकी प्रदेश वनाएरै छाड्ने प्रतिवद्धता यस अवसरमा म पुनः दोहो¥याउन चाहन्छु ।’

‘हामीवाट विदाई हुँदै गरेको २०७५ सालका सकरात्मक र नकरात्मक दुवै पक्षवाट शिक्षा लिँदै नयाँ जोश, जाँगर र सृजनाका साथ आ–आफ्नो कर्मक्षेत्रमा लाग्न र राष्ट्रले लिएको समृद्ध नेपाल र सुखी नेपालीको महान लक्ष्यलाई मूर्त रुप दिन हामी जहाँ छौँ, त्यहीँवाट सवैले जति सक्दो वढी योगदान पु¥याउन नयाँ वर्ष २०७६ ले हामी सवैलाई निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत व्यक्त गर्दछु,’ मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा भनेका छन् ।