दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली पोखरामा

टोलीले साग गेमको लागि पोखरा स्पोर्टस् भेन्यू भएको खेलस्थलको अवलोकन एवं जानकारी र योजनाबारे बुझ्नेछन्

जनसम्मत
कार्तिक २५, २०७६, सोमबार

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिल र ‘सेफ दि मिसन’को टोली शनिबार पोखरा आइपुगेका छन् ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि पोखराको तयारी तथा आयोजनाबारे जानकारी लिन टोली शनिबार पोखरा आइपुगेको हो ।

सागमा सहभागी हुने सातै राष्ट्रका ओलम्पिकका प्रतिनिधि तथा ‘सेफ दि मिसन’को नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिब रमेशकुमार सिलवाल टोलीमा सहभागी छन् ।

टोलीले साग गेमको लागि पोखरा स्पोर्टस् भेन्यू भएको खेलस्थलको अवलोकन एवं जानकारी र योजनाबारे  बुझेर आइतबारै राजधानी काठमाण्डौं फर्किएका छन् ।