टी–२० मा एमसीसीसँग नेपालको फराकिलो हार

यू–१९ सहितको सिनियर खेलाडी सम्मीलित नेपाली टिमलाई एमसीसीले ११३ रनले हरायो

जनसम्मत
कार्तिक २५, २०७६, सोमबार

पोखरा । नेपाल भ्रमणमा रहेको इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब एमसीसीले टि–२० खेलमा समेत फराकिलो जित हात पारेको छ ।
यू–१९ सहितको सिनियर खेलाडी सम्मीलित नेपाली टिमलाई एमसीसीले ११३ रनले हरायो ।

१९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर एक बलमा ७६ रन बनाएर अलआउट बन्यो । नेपालका लागि कमलसिंंह ऐरीले सर्र्वाधिक १८ रन बनायो । सन्दिप जोराले १६, कुशल भुर्तेलले १४, भीम सार्कीले १३ रन बनाए । आरिफ शेखले ४, अमित श्रेष्ठले १, रोहितकुमार पौडेलले ६ रन मात्रै बनाए ।

नेपाललाई पराजित गर्ने क्रममा एड योङले अलराउण्ड प्रदर्शन गरे । ब्याटिङतर्फ ४२ रन बनाएका योङले बलिङमा समेत ३ विकेट लिए । ओलिभर हानन डाल्बीले २ विकेट लिए । क्रिस राइट र विल रोड्सले समान १ विकेट हात पारे । टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनायो ।

एमसीसीका लागि विल गडलम्यानले ५४ रनको अर्धशतकीय योगदान दिए । त्यस्तै, माइल्स ह्याम्मन्डले २९ रन बनाए । बलिङतर्फ राशिद खानले तीन विकेट लिए भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सुशन भारीले समान १ विकेट हात पारे ।