एभीसी सेन्ट्रल जोन भलिबलमा अफगानिस्तानमाथि नेपालको शान्दार जित

आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५–५, २५–९ र २५–६ ३–० को सेटमा पराजित गरेको हो

जनसम्मत
कार्तिक २५, २०७६, सोमबार

पोखरा । बंगलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एसियन सेन्ट्रल जोन महिला च्याम्पियनसीपमा नेपालले सानदार सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–५ ले जितेको नेपालले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–६ ले जितेपछि नेपाल सोझो सेटमा विजयी बन्यो । प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा नेपालले भोली कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै मंगलवार बंगलादेशसँग र बुधवार माल्दिभ्ससँग खेल्नेछ । राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले अरुणा शाहीको कप्तानीमा एभीसी सेनट्रल जोभ भलिबल च्याम्पियनसीप खेलेको छ । नेपाली राष्ट्रिय महिला भलिबलका खेलाडीहरुमा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषाकुमारी विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, सलिना श्रेष्ठ छन् ।