एफसी यू–१९ च्याम्पियनसीपमा नेपाल–कीर्गिस्तानको बराबरी

तेहरानस्थित पीएएस रंगशालामा समूह चरणको अन्तिम खेलमा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो

जनसम्मत
कार्तिक २५, २०७६, सोमबार

पोखरा । इरानमा भएको एएफसी यू–१९ फुटबल च्याम्पियनसीप छनोटको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ ।

आइतबार साँझ तेहरानस्थित पीएएस रंगशालामा समूह चरणको अन्तिम खेलमा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल छनोटबाट बाहिरिसकेको थियो । अन्तिम खेल नेपालका लागि सुखद बिदाई बन्यो । अन्तिम खेलमा गोलरहित बराबरी खेल्दै नेपालले अंक बाँडेको हो । खेलको अन्तिम समयतिर पाएको केही अवसरहरु गुमाउँदा नेपालले अंक बाँड्न परेको हो ।

सुरुवाती दुई खेलमा नेपाल युएई र इरानसँग समान ४–० गोल अन्तरले पराजित भएको थियो । नेपालले प्रतियोगितामा एक गोल गर्न समेत सकेन । समूह डीमा रहेको नेपालले एक अंक जोड्दै घर फर्कियो । कीर्गिस्तानले ७ अंक जोड्यो । समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउनेछन् ।