साग खेल्ने नेपाली महिला फुटबल टिमको घोषणा

मुख्य प्रशिक्षक हरी खड्काले पछिल्लो संस्करणको साफ टिममा रहेको अधिकांश खेलाडीलाई अन्तिम छनोटमा पारेका हुन्

जनसम्मत
कार्तिक २५, २०७६, सोमबार

पोखरा । नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने नेपाली महिला फुटबल टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गरेका हुन् ।

अन्तिम छनोटको टोलीमा गोलकिपरहरु एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ परेका छन् । यस्तै, डिफेन्डरहरु पुजा राना, मनमाया लिम्बु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना छन् ।

मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् । फरवार्डमा सावित्रा भण्डारी, निरु थापा र अनिता केसी छन् ।

महिला टिमको सहायक प्रशिक्षकमा अरुणा गुरुङ र गोलकीपर प्रशिक्षकमा अस्मिता खवास छन् । मुख्य प्रशिक्षक हरी खड्काले पछिल्लो संस्करणको साफ टिममा रहेको अधिकांश खेलाडीलाई अन्तिम छनोटमा पारेका छन् ।