इमर्जिङ टिम्स कप क्रिकेटमा हङकङबिरुद्ध नेपालको शान्दार जित

बंगलादेशको ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले पराजित ग¥यो

जनसम्मत
कार्तिक ३०, २०७६, शनिबार

पोखरा । बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

बंगलादेशको ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले पराजित ग¥यो ।

यस जितसँगै नेपालले सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याएको हङकङ ४५ दशमलव ५ ओभरमा १ सय ७७ रनमा समेटिएपछि नेपालले शान्दार जित हात पा¥यो ।

किञ्चित शाहले ५३, हारोन अर्सदले २६ र इहान नवाजले अबिजित ४४ रन बनाए । नसरुल्लाह राना, अस्हान अली र साहिद वासिफले समान १० रन जोड्न सफल रहे । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

करण केसी र अबिनाष बोहोराले समान ३ तथा सुसन भारीले २ विकेट लिएर हङकङको इनिङ्सलाई ध्वस्त बनाउन सफल भए । हङकङका २ ब्याट्सम्यान रनआउट भए ।

यसअघि, ढाकास्थित साभर क्रिकेट मैदानमा टस जितेको हङकङले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धािरत ओभरमा सबै विकेट गुमाएर २ सय १७ रनको योगफल तयार पा¥यो ।

निक्कै कमजोर सुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले उकास्न सफल भए । शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २४ बलमा ८३ रनको साझेदारी गरेका थिए । शरदले चौथो विकेटका लागि आरिफ शेखसंग मिलेर ७४ रनको साझेदारी गरे । त्यसपछि नेपालले सम्मानजनक योगफल बनाउन सफल रह्यो ।

शरदले १ सय ३९ वलमा ९ चौकाको सहयोगमा ८९ रन बनाए । आरिफ शेखले ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोड्न सफल रहे । दिपेन्द्रसिंह ऐरीले ३ चौकाको मद्दतमा ३७ रन जोडे । विनोद भण्डारी १५ रनमा आउट बने ।

ओपनर ज्ञानेन्द्र मल्ल डकआउट भएको खेलमा कुशल भुर्तेल १ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । करण केसीले ७, सुसन भारीले ६ र अबिनाष बोहोराले २ रन बनाएको इनिङ्समा ३ बल खेलेका पवन सर्राफले खाता नै खोलेनन् ।

हङकङका अजिज खानले ३, नसरुल्ला राना र इस्हान नवाजले समान २ तथा रौनक कपुर र अफताव हुसेनले समान १ विकेट लिन सफल रहे । नेपालले समुह चरणको अन्तिम खेलमा सोमबार आयोजक बंगलादेशसँग खेल्नेछ ।