दशरथ रंगशालाको भीआइपी प्यारापिटमाथि छानो हालिदैं

मंसीरको १० गतेसम्म दशरथ रंगशालाको भीआइपी प्यारापिटमा छानो फिटिङ गरिसक्ने समयसीमा छ

जनसम्मत
मंसिर ५, २०७६, बिहीवार

पोखरा । सागका लागि दशरथ रंगशालाको भीआइपी प्यारापिटको छानो हाल्ने काम सुरू भएको छ ।

मैदानको अन्य धेरै काम लगभग सकिएको छ । भीआइपी प्यारापिटको छानो निकै लामो समयको पर्खाइपछि आएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का अनुसार मंसीरको १० गतेसम्म दशरथ रंगशालाको भीआइपी प्यारापिटमा छानो फिटिङ गरिसक्ने समयसीमा छ । प्यारापिट सुरुमा जलमार्गबाट ल्याउने बताइएपनि समय अभावका कारणले हवाई मार्गबाट ल्याइएको थियो ।

सिटको काम अन्तिम चरणमा छ । अब भीआइपी प्यारापिटको छानो फिट गरेपनि लामो समय देखिको पर्खाइमा हरेको दशरथ रंगशालाले नयाँ स्वरूप पाउने खेलकुद पदाधिकारी लगायत खेलाडी र खेलप्रेमी सर्वसाधारणको विश्वास छ ।