एपीएफ र पुलिस चन्द्रागिरी गोल्डकपको फाइनलमा

जनसम्मत
मंसिर १२, २०७६, बिहीवार

पोखरा । थ्रीस्टार क्लवलाई हराउँदै नेपाल एपीएफ क्लव चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

नैकापमा बुधबार भएको खेलमा थ्रीस्टारलाई सडेन डेथमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो । निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

जसमा दुबै टिमले बराबरी गोल गरेपछि खेलको छिनोफानो सडेन डेथबाट भएको थियो । जसमा एपीएफले बाजी मारेको थियो । उपाधिका लागि एपीएफले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लवसँग खेल्नेछ ।

यसअघि, पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरिसकेको छ । पुलिसको जितमा जुमानु राईको एकमात्र गोल निर्णायक बन्यो ।

नैकाप फुटबल मैदानमा भएको सेमिफाइनलमा पुलिसले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८१ औं मिनेटमा पुलिसले अग्रता बनाएको थियो । उसका लागि जुमानु राईले गोल गरे । भोला सिलवालले प्रहार गरेको फ्रिकिकमा ब्रिगेड ब्याइजका गोलरक्षक र डिफेन्सबीच तालमेल नमिल्दा जुमानुले गोल गर्न सफल भएका थिए । प्रतियोगिताको विजेताले ५ लाख ६० हजार रुपैयाँ पाउनेछ ।