पुरूष बास्केटबलमा माल्दिभ्ससँग र महिला बास्केटबलमा बंगलादेशसँग नेपालको पहिलो खेल

जनसम्मत
मंसिर १६, २०७६, सोमबार

पोखरा । १३ दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने भएको छ ।

समुह ‘ए’ मा रहेको नेपालले समुह चरणमा बंगलादेश, माल्दिभ्स र भुटानसँग खेल्नेछ ।

बास्केटबल संघले सार्वनजिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिरको २० गते माल्दिभ्ससँग खेल्नेछ । यस्तै, दोस्रो खेलमा नेपालले २१ गते बंलादेशबिरुद्ध खेल्नेछ । मंसिरको २२ गते नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

समुह ‘बी’ मा भारत, श्रीलंका र पाकिस्तान रहेका छन । समुहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

यस्तै, महिला बास्केटबलमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । समुह ‘बी’मा रहेको नेपालको समुहमा बंलादेश र भुटान छन । नेपालले मंसिर १९ गते बंगलादेश २२ गते भुटानसँग खेल्नेछ । समुह ‘ए’ मा भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् ।