खो खोमा बंगलादेशमाथि नेपालको शानदार जित

कीर्तिपुरमा आइतबार भएको खेलमा नेपालले बंगलादेशलाई २१–१९ अंकले पराजित गरेको छ

जनसम्मत
मंसिर १६, २०७६, सोमबार

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको पुरुषमा नेपालले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरमा आइतबार भएको खेलमा नेपालले बंगलादेशलाई २१–१९ अंकले पराजित ग¥यो ।

जितसँगै नेपालले आफ्नो खातामा ३ अंक जोडेको छ । खो खोमा नेपालले पहिलो पटक बंगलादेशलाई पराजित गरेको हो । पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ जोड्दा दोस्रो टर्नमा बंगलादेशले पनि १२ अंक नै जोड्न सफल रह्यो ।

दोस्रो इनिङ्को पहिलो टर्नमा ९ अंक जोड्दा नेपाल २१–१२ को स्थितिमा पुगेको थियो । तेस्रो टर्नमा बंगलादेशलाई १० अंकको आवश्यक परेको स्थितिमा ८ अंकमात्रै जोड्दा नेपालले पहिलो जित सुनिश्चित गरेको थियो । नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान ४/४ अंक जोडे ।

नेपालले सोमबार दोस्रो खेलमा भारतको सामना गर्नेछ । आइतबार नै भएको खेलमा भारतले श्रीलंकालाई २१–८ अंकले पराजित गरेको छ । भारतले दोस्रो इनिङमा एक टर्न मात्रै खेल्दै सहज जित निकाल्यो । पाकिस्तान, भुटान र माल्दिभ्स सहभागी नभएको खो खो राउन्ड रोबिनको आधारमा हुनेछ ।