साग महिला फुटबलमा नेपालको विजयी शुरुवात

भारतसँग ५–० को फराकिलो अन्तरले माल्दिभ्स स्तब्ध, पुरुष फुटबलमा पनि भुटानमाथि नेपालको शानदार जित

जनसम्मत
मंसिर १८, २०७६, बुधबार

पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगितामा नेपालले सुखद् शुरुवात गरेको छ । नव निर्मित पोखरा रंगशाला बनेपछिको पहिलो फुटबल खेलमा श्रीलंकालाई १–० ले हराउँदै नेपालले विजय शुरुवात गरेको हो ।

नेपालले निर्धारित पूरै समय श्रीलंकालाई दबाबमा राखेको भएपनि जित निकाल्न खेलको अन्तिम मिनेट कुर्नुप¥यो । नेपालको लागि शरु लिम्बुले ८८ औ मिनेट गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।

खेलपश्चात नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले मंगलबारको भएको श्रीलंकाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । प्रशिक्षक खड्काले सरु लिम्बुले अट्याकिङ भूमिका राम्रो निभाएकाले खेल सम्भव भएको बताए ।

पाएको धेरै अवसरलाई सदुपयोग गर्न नसक्नु नै नेपालको कमजोर पक्ष रहेको प्रशिक्षक खड्काले श्वीकारे । जितका लागि अन्तिम समय कुर्नु परेकोमा भने उनले विपक्षीको डिफेन्सिभ राम्रो भएको बताए ।

‘हामीले अट्याकिङ खेलेका थियौं,’ प्रशिक्षक खड्काले भने, ‘तर, श्रीलंकाले डिफेन्सिभ खेलकाले जितका लागि अन्तिम समय कुर्नुपरेको हो । तर, आजको समग्र खेललाई हेर्ने हो भनेपनि हाम्रै उत्कृष्ट थियो ।’

हारेपनि टोलीले सन्तोषजनक रहेको श्रीलंकन महिला फुटबल टिम सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले प्रतिक्रिया दिए । खेलमा हारेपनि टोली सन्तुष्ट रहेको डिफानीले बताइन् । नेपालसँगको खेलमा खेलाडीले राम्रो खेल प्रदर्शन गरेको डिफानीको प्रतिक्रिया थियो ।

‘खेलअवधिभर हाम्रा खेलाडीले राम्रो खेले,’ डिफानीले भनिन्, ‘तर, ८८ औं मिनेटमा दूर्भाग्यवश गोल हुन पुग्यो । आजको खेल हा¥यौं । तर, हामी सन्तुष्ट छौं । आउँदो खेलमा आजको जस्तो खेल खेल्नेछैनौं ।’

खेलको १५ औ मिनेटमा सवित्रा भण्डारी ‘साम्भा’ले डिबक्स भित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । नेपालका गोल कीपर अन्जिला थुम्बापो सुब्बाले खेलको १८ औ मिनेटमा बल टच गरि ।

श्रीलंकाले खेल अवधिभर रक्षात्मक खेल खेल्यो । नेपाली खेलाडीले पटक पटक डिबक्स भित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेको थिएन । खेलको ३८ औ मिनेटमा टिमका क्यापटेन निरु थापाको प्रहारलाई श्रीलंकाका गोलकीपर अयोमी विजेराथनाले सहजै बचाउ गरिन् ।
नेपाली महिला फुटबलकी स्टार सवित्रा भण्डारी ‘साम्भा’ खेल अवधिभर दर्शकको नजरमा पर्न सफल भइन् । प्रतिद्धन्दी श्रीलंकन डिफेन्डरको निगरानीमा रहेर पनि राम्रो प्रर्दशन गरेका कारण ‘साम्भा’ ले पोखरेली दर्शकको वाहावाही पाइरहिन् ।

नेपाली टोलीले नतिजा निकाल्न नसकेपछि नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले खेलको ३२ औ मिनेटमा दिपा राईको सट्टा सरु लिम्बुलाई मैदानमा उतारेका थिए । दोस्रो हाफको १३ औ मिनेटमा ‘साम्भा’ले प्रहार गरेको बल क्रस बारबाट बाहिरिएको थियो ।

भारतसँग ५–० को फराकिलो अन्तरले माल्दिभ्स स्तब्ध

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो ।
खेल सुरु भएको छैठौं मिनेटमै डेंगी ग्रेसको पहिलो गोलसँगै भारतले माल्दिभ्सविरुद्ध अग्रता लिएको थियो । खेलमा भारतकी एनजी बालादेवीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले भारतलाई जित दिलाउन २ गोलको महत्वपूर्ण योगदान दिइन् ।

खेलको २६ औं मिनेट र ३५ औं मिनेटमा बालादेवीले गोल गरेपछि भारत महिला फुटबल टोली माल्दिभ्समाथि हाबी भएको थियो । खेल अवधिभर भारत माल्दिभ्समाथि पूर्ण दबाब राख्न सफल भयो । माल्दिभ्सले पनि थुप्रै अवसर पाएपनि त्यसलाई गोलमा बदल्न भने असफल रह्यो ।

डिफेन्सिभलाइन भन्दा अट्याकिङ लाइनमा जोड दिएको माल्दिभ्सले कुनैपनि गोल फर्काउन सकेन । खेलको दोस्रो हाफ ८७ औं मिनेटमा भारतकी मनिषाले टोलीका लागि चौंथो गोल गरिन् । लगत्तै भारतकै अर्का खेलाडी जगमानीले ८८ औं मिनेटमा पाँचौं गोल गर्दै टिमलाई अग्रता दिलाइन् ।

पुरुष फुटबलमा पनि भुटानमाथि नेपालको शानदार जित

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपालले भुटानलाई ४–० ले पराजित गरको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले शानदार खेल्दै जित निकालेको हो ।

खेलको पाँचौ मिनेटमा कप्तान सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल खाएको भुटानलाई दोस्रो हाफमा नेपालले थप ३ गोल गरेर पराजित गरेको हो । खेलको ५० औं मिनेटमा सुजलले नै गोल गर्दै दोब्बर अग्रता दिलाए ।
६६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट नेपाल ३–० ले अगाडि रह्यो । खेलको ७८ औँ मिनेटमा मिक्चेन तामाङले फ्रि किकमार्फत गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाए । साविक स्वर्ण पदक विजेता नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।