साग ह्याण्डबलमा नेपालको महिलातर्फ जित, पुरुषतर्फ हार

नारायण शाही
मंसिर १९, २०७६, बिहीवार

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ ।

आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । यद्यपी, १३ औं साग अन्तर्गत पुरुषतर्फको ह्याण्डबलमा भने नेपालले ब्यहोरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलको नतिजा निकाल्दै सुखद् शुरुवात गरेको हो । लिगका आधारमा खेलाइएको खेलमा जितसँगै नेपाली महिला टोलीले ३ अंक बटुलेको छ । नेपालको महिला टोलीले बिहीबार बंगलादेशसँग दोस्रो खेल खेल्नेछ ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकी हुन् । कविता राईले टोलीका लागि ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान दिए । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरिन् । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरे । त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिए । हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोलको योगदान दिए ।

विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन् । त्यसपछि कविता राईले टोलीलाई दोब्बर अग्रता दिलाए । श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलिन् । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गर्दै बराबरी पु¥याइन् ।
घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो ।

तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथ दिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले नेपाललाई सफलता हात लाग्यो । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो ।

नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयले पहेंलो कार्ड पाए ।

पुरुषतर्फको ह्याण्डबलमा नेपालले खेलेको आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३७–३० ले हारेको हो । श्रीलंकाले खेल जित्दै ३ अंक बटुलेको छ । अंकबिहीन बनेको नेपालको पुरुष टोलीले बिहीबार पाकिस्तानसँग दोस्रो खेल खेल्नेछ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा १६–१७ थियो । दोस्रो हाफमा श्रीलंकाले २० गोल गर्न सफल बन्यो । नेपालले भने दोस्रो हाफमा १४ गोल मात्रै गर्न सक्यो ।

खेलको शुरुवाती मिनेटमै यामबहादुर पुनले नेपालका लागि गोलको खाता खोले । यामबहादुरले टोलीका लागि ३ गोलको योगदान गरे । नेपालको लागि मदन चुनाराले सर्वाधिक ६ गोल गरे । सन्दीप कार्कीले ५ गोल गरे । सन्तोष श्रेष्ठ, केशव बिष्ट, दिनेश श्रेष्ठ, श्रीबहादुर सिंजालीले समान ३ गोलको योगदान गरे । कप्तान बिशाल बस्नेतले २ गोल गरे । कीपर बिशाल नेपाली र आशिष अधिकारीले समान १ गोलको योगदान गरे ।

त्यसैगरि, श्रीलंकाको तर्फबाट भने कोस्वाथ्था मुहम्दीराम रालाले टोलीका लागि गोलको खाता खोले । श्रीलंकाको पल्लावातागे प्रभात माडुसले सर्वाधिक १२ गोल गरे । त्यसपछि दिसानायके मुदियान्सेलागेले समान ७ गोलको योगदान गरे । तिलकरत्ने मुदियान्सेलागेले ५ गोल गरे । विराकोदी हार्स प्रसाद डीले २ गोलको योगदान गरे । नवारत्ने मुदियान्सेलागे ए ले १ गोल गरे ।

नेपालका कप्तान बिशाल नेपाली ४० मिनेटमा रेडकार्ड खाँदै मैदानबाट बाहिरिए । नेपालका श्रीप्रसाद सिंजालीले पहेंलो कार्ड पाए । श्रीलंकाको नवारत्ने मुदियान्सलागे एला्े पहेंलो कार्ड पाए ।

महिला, पुरुष दुबैतर्फ भारतको जित

त्यस्तै, साग अन्तरगतकै महिला ह्याण्डबलको दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ४१–९ को फरक गोल अन्तरले जित निकालेको छ ।
त्यस्तै साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलमा समेत भारतले विजय शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा भारतले बंगलादेशलाई ४२–३३ गोलले जित हासिल गरेको हो ।

महिला ह्याण्डबलमा भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६÷६ गोल गरे । त्यस्तै, खुश्बु कुमारी, स्वर्णिमा जैसवाल र शालिनी ठाकुरले समान ४ गोल गरे । ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान दिए । प्रियङ्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गरे ।

उता, माल्दिभ्सको तर्फबाट भने ऐसथ रिमाले सर्वाधिक ४ गोल गरिन् । हालिमिथ हान्साले २ गोलको योगदान गरिन् । धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १ गोल गरे ।

भारतीय मेनिका र दीपशिखालाई रेफ्रीले पहेंलो कार्ड देखाए । त्यस्तै, माल्दिभ्सका एैसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमदले पहेंलो कार्ड पाए । खेलको १६ मिनेटमा माल्दिभ्सकी नास्फा अमिराले रेडकार्ड खादै मैदानबाट बाहिरिन् ।

पुरुषतर्फको ह्याण्डबलमा भारतका लागि दीपक वलावातले सर्वाधिक १६ गोल गरे । नविन पुनिया र अंकितले समान ५ गोल गरे । नवदीप र विजय सिंहले ४ गोलको योगदान गरे । ंिटंकु र रमेश चन्दले ३ गोलको योगदान दिए । ह्याप्पीले २ गोल गरे ।

यता, बंगलादेशको तर्फबाट भने एमडी रोबिउल अवालले सर्वाधिक ११ गोल गरे । मोहमद सोहाग होसेन सोहागले ५ गोल गरे । इम्दादुल हसन राकिब र मोहम्मद सोहेल रानाले समान ४ गोलको योगदान गरे । मोहम्मद ताजु र हसनले समान ३ गोलको योगदान गरे । मेहेदी हसन र मोहम्मद साकिर समिर इमोले समान २ गोलको योगदान गरे । मोहम्मद मासुम अहमद र बिपुलु घोषले समान १ गोल गरे ।